विशेष रिपोर्ट

म्यान्चेस्टर सिटीमाथिको प्रतिबन्ध उल्टियो

657 Shares म्यान्चेस्टर सिटीमाथि युरोपियन क्लब प्रतियोगितामा लगाइएको दुई वर्षको प्रतिबन्ध उल्टिएको छ । द कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट (सीएएस) ले सिटीलाई ‘इक्वटी फन्डलाई […]
[sharethis-inline-buttons]
म्यान्चेस्टर सिटीमाथिको प्रतिबन्ध उल्टियो
during the Premier League match between Manchester City and Chelsea at Etihad Stadium on December 3, 2016 in Manchester, England.

म्यान्चेस्टर सिटीमाथि युरोपियन क्लब प्रतियोगितामा लगाइएको दुई वर्षको प्रतिबन्ध उल्टिएको छ । द कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट (सीएएस) ले सिटीलाई ‘इक्वटी फन्डलाई स्पोन्सरसीपका रुपमा लुकाएको’ आरोपबाट सफाइ दिएको हो ।

युइएफएको क्लब फाइनान्सियल कन्ट्रोल बडी (सीएफसीबी) ले सन् २०१२ र २०१६ को बीचमा सिटीले फाइनान्सियल फेयर प्ले (एफएफपी) को गम्भीर उल्लंघन गरेको भन्दै गत फेब्रुअरीको २ वर्ष प्रतिबन्धको कारवाही गरेको थियो ।
सिटीको जरिवाना पनि १ करोड युरोमा झारिएको छ । यसअघि सिटीमाथि ३ करोड युरो जरिवाना तय गरिएको थियो ।

सिटीले निर्णयलाई स्वागत गर्दै सीएसएसलाई धन्यवाद दिएको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर