document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 772;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
ढल्केवर- लकडाउनमा रगत अभाव हुन नदिन धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरमा १ सय २२ जनाले रक्तदान गरेका छन् ।
धनुषाको मिथिला नगरपालिका ढल्केवरस्थित मिथिला ब्याडमिन्टन क्लबको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा १ सय २२ जनाले रक्तदान गरेका हुन् ।
लकडाउनका कारण देशैभर रगत अभाव भएपछि शुक्रवार धनुषाको ढल्केवरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
लकडाउनको समयमा विरामीहरूमा रगत अभाव हुन नदिनका लागि रगत आपुर्ति गर्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष तेजनारायण साह (संतोष)ले बताए । उनले ६ जना महिला र ११६ जना पुरुष गरी १ सय २२ जनाले रक्तदान गरेको जानकारी दिए ।
महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणलाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षा विधि अपनाएर रक्तदान कार्यक्रम गरिएको अध्यक्ष साहले जनाए ।
कोरोना महामारीको विषम परिस्थितीमा देशैभर रगत अभाव भएकोले आफ्नो नजिकको रेडक्रस वा रक्तसञ्चार केन्द्रमा गएर रक्तदान गरी मानवीय कार्यमा सहभागी हुन उनले आग्रह समेत गरेका छन् ।
साभारः द पब्लिक टुडे









