विशेष रिपोर्ट

विराटनगरसँग ९ रनले हार्‍यो जनकपुर

0 Shares काठमाडौं— थ्रिलिङ म्याचमा साविक विजेता जनकपुर बोल्ट्समाथि रोमाञ्चक जित निकाल्दै विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा लगातार तेस्रो जित हात पारेको […]
[sharethis-inline-buttons]
विराटनगरसँग ९ रनले हार्‍यो जनकपुर
657
Shares

काठमाडौं— थ्रिलिङ म्याचमा साविक विजेता जनकपुर बोल्ट्समाथि रोमाञ्चक जित निकाल्दै विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा लगातार तेस्रो जित हात पारेको छ ।

विराटनगरले जनकपुर बोल्टसलाई जारी एनपीएलमा ९ रनले पराजित गरेको हो । साविक विजेता जनकपुरको यो लगातार दोस्रो हार हो ।

विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पूरै २० ओभरमा खेल्दा ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो ।

जनकपुरका लागि लफ्टी इतनले ४२ रन बनाए पनि जिताउन सकेनन् ।

विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले चार ओभरमा केवल ११ रन दिएर ४ विकेट लिए । यस्तै, सूर्य तामाङले ४ ओभरमा २० रन दिएर ३ विकेट लिए ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर