विशेष रिपोर्ट

भीमफेदी दुर्घटनाका मृतक परिवारलाई एक लाख राहत दिने मधेश सरकारको निर्णय

असोज ३० गते कृष्णप्रसाद यादव नेतृत्वको मधेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुर्घटनामा मृत्यु भएकाहरूको परिवारलाई जनही एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो । एमालेले समर्थन फिर्ता लिएपछि पहिलोपटक मन्त्रिपरिषद्को बैठक बसेको हो ।
[sharethis-inline-buttons]
भीमफेदी दुर्घटनाका मृतक परिवारलाई एक लाख राहत दिने मधेश सरकारको निर्णय
✦ News Summary Generated by Sanchar Bureau AI. Editorially reviewed.
मधेश प्रदेश सरकारले भीमफेदी सडक दुर्घटनामा मृत्यु भएकाहरूको परिवारलाई जनही एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको मन्त्रिपरिषद् बैठकले बिहीबार उक्त निर्णय गरेको हो ।
दुर्घटनामा घाइते भएकाहरूको मधेश प्रदेशका प्रादेशिक अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्था पनि मिलाइएको छ ।
यसैबीच, कात्तिक २८ गतेदेखि प्रदेशसभा बैठक सञ्चालन गर्न सिफारिस गर्ने निर्णय भएको छ भने मुख्यमन्त्री यादवले विश्वासको मत लिने तयारी गरेका छन् ।
657
Shares

धनुषा— मधेश प्रदेश सरकारले भीमफेदी सडक दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

असोज ३० गते कृष्णप्रसाद यादव नेतृत्वको मधेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुर्घटनामा मृत्यु भएकाहरूको परिवारलाई जनही एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो । एमालेले समर्थन फिर्ता लिएपछि पहिलोपटक मन्त्रिपरिषद्को बैठक बसेको हो ।

त्यस्तै, दुर्घटनामा घाइते भएकाहरूको मधेश प्रदेशका प्रादेशिक अस्पतालहरूमा निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले कात्तिक २८ गतेदेखि मधेश प्रदेशसभाको बैठक सुचारु गराउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री यादव भोलि सदनमा विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर