विशेष रिपोर्ट

लाहिरू मिलान्थाले जनकपुर बोल्ट्सबाटै खेल्ने

0 Shares काठमाडौं— अमेरिकन क्रिकेटर लाहिरू मिलान्थाले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) पनि जनकपुर बोल्ट्सबाटै खेल्ने भएका छन् । जनकपुर बोल्ट्सले श्रीलंकन ओरिजिनका अमेरिकन […]
[sharethis-inline-buttons]
लाहिरू मिलान्थाले जनकपुर बोल्ट्सबाटै खेल्ने
657
Shares

काठमाडौं— अमेरिकन क्रिकेटर लाहिरू मिलान्थाले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) पनि जनकपुर बोल्ट्सबाटै खेल्ने भएका छन् ।

जनकपुर बोल्ट्सले श्रीलंकन ओरिजिनका अमेरिकन क्रिकेटर मिलान्थालाई यो सिजन पनि अनुबन्ध गरेको जनाएको हो ।

एक समय श्रीलंका ‘ए’ र श्रीलंकाको इमर्जिङ टोलीबाट खेलेका मिलान्थाले यसअघि पनि नेपालमा आएर खेलिसकेका छन् । उनी हाल अमेरिकामै क्रिकेट खेल्दै आएका छन् ।

नेपाल क्रिकेट संघले तीन वर्षअघि आयोजना गरेको नेपाल टी–२० लिगमा उनले लुम्बिनी अल स्टारबाट खेलेका थिए । अल स्टार टोलीलाई च्याम्पियन बनाउने क्रममा मिलान्थाले १२२ माथिको स्ट्राइक रेटमा ३४९ रन बनाएका थिए । उनी सो प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा थिए । मिलान्थाले फाइनलमा ४१ रन बनाएका थिए ।

मिलान्थालाई अनुबन्ध गर्न रणनीतिक कदम भएको र उनको यसअघिको अनुभव एनपीएलका लागि राम्रो हुने जनकपुर बोल्ट्सका निर्देशक अमित राम श्रेष्ठले बताए ।

‘लाहिरु मिलान्थालाई अनुबन्ध गर्नु जनकपुर बोल्ट्सका लागि रणनीतिक कदम हो । उनीसँग यसअघि नेपालमा खेलेको अनुभव छ र त्यो हाम्रो लागि ठूलो सम्पत्ति हो । जसले उनलाई स्थानीय अवस्था र प्रशंसकको अपेक्षाहरूबारे जानकारी हुनेछ,’ श्रेष्ठले भने, ‘उनले त्यो अनुभवलाई आफ्नो खेल कौशलसँग मिलाएर एनपीएलमा हाम्रो टिमका लागि राम्रो प्रदर्शन गर्नेमा हाम्रो विश्वास छ,’ जनकपुर बोल्ट्सका निर्देशक अमित राम श्रेष्ठले भने ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर