विशेष रिपोर्ट

चितवनको कप्तान राजा, कुशल मल्ल लगातार बेन्चमा

657 Shares काठमाडौं— सिकन्दर राजा आइतबार राति अफगानिस्तान विरुद्धको टी२० सिरिजमा जिम्बावेको राष्ट्रिय टिमका कप्तानी गरिरहेका थिए । यूएईको सारजहामा भएको उक्त खेलमा जिम्बावे अफगानिस्तानसँग […]
[sharethis-inline-buttons]
चितवनको कप्तान राजा, कुशल मल्ल लगातार बेन्चमा
657
Shares

काठमाडौं— सिकन्दर राजा आइतबार राति अफगानिस्तान विरुद्धको टी२० सिरिजमा जिम्बावेको राष्ट्रिय टिमका कप्तानी गरिरहेका थिए । यूएईको सारजहामा भएको उक्त खेलमा जिम्बावे अफगानिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।

अफगानिस्तानले तीन खेलको टी-२० सिरिजन ३-० ले जितेको थियो । नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो सिजनका लागि उनी चितवन राइनोजमा अनुबन्ध भएका थिए । राष्ट्रिय टिमको खेल रहेकोले राजा चितवनका लागि सुरु दुई खेलमा उपलब्ध भएनन् । चितवनको नियमित कप्तान मार्की खेलाडी कुशल मल्ल भए पनि तेस्रो सिजनको सुरुवाती दुई खेलमा इंग्लयान्डका भेट्रान अलराउण्डर रवि बोपाराले कप्तानी गरेका थिए ।

तर तेस्रो खेलअघि टसका क्रममा चितवनको कप्तानको रुपमा सिकन्दर राजा क्रिजमा पुगे । बोपारा पहिलो रोजाईँमा रहे पनि चितवनको कप्तानी राजाले गरेका हुन् । एनपीएलमा चितवनका लागि डेब्यु खेलमै राजाले कप्तानी गरेका छन्।

आइतबार रातिसम्म राष्ट्रिय टिमका लागि खेलिरहेका राजा सोमबार नै नेपाल आएर चितवनको नेतृत्व गर्दैछन् । यसअघि चितवनले बिहीबार विराटनगरविरुद्ध पहिलो खेल खेल्दा पनि पाकिस्तान खेलाडीको एनओसी विवादका कारण डाविड मालानसहित डान मोस्ली र टम टेलरले त्यही दिन बिहान नेपाल आएर दिउँसो खेल खेलेका थिए ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर