- फुलगेन मगही
ढल्केवर— प्रतिबन्धित लागूऔषध गाँजा र चरेशसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–६ ढल्केवर बस्ने ६८ बर्षीय खिचडी बाबा भन्ने राजकुमार महतो रहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।
सोमवार महतोले आफ्नै घरमा प्रतिबन्धित लागुऔषध गाँजा बिक्री बितरण गरेको छ भन्ने बिशेष सुचनाको आधारमा चेकजाँच गर्दा उनको घरबाट लागु औषध गाँजा र चरेश बरामद भएको प्रहरी निरीक्षक यादवले बताए ।
उनका अनुसार महतोको घरबाट प्रतिबन्धित लागुऔषध गाँजा जस्तो देखिने पदार्थ जम्मा २७ केजी, प्रतिबन्धित लागुऔषध चरेश जस्तो देखिने पदार्थ ३०० ग्राम, तराजु, किप्याड मोबाईल–१ थान, नेपाली रुपैया २९ हजार ५०० र भारतिय रुपैया ११ हजार २०० बरामद भएको हो ।
पक्राउ परेका महतोलाई ७ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।











