विशेष रिपोर्ट

आमा आज त्यो जुन पनि खुब चम्किलो देखिएको छ, सायद उता हाम्रो दिवंगत बुबा मुस्कुराएको हुनुपर्छ ।।

657 Shares ऊ सत्य बोल्दैछ पक्कै मदिराको मात लाएको हुनुपर्छ । कि त सत्य नै बोल्न मायालुको कसम खाएको हुनुपर्छ ।। हिजोसम्म मलाई लडाउन खुट्टा […]
[sharethis-inline-buttons]
आमा आज त्यो जुन पनि खुब चम्किलो देखिएको छ, सायद उता हाम्रो दिवंगत बुबा मुस्कुराएको हुनुपर्छ ।।

ऊ सत्य बोल्दैछ पक्कै मदिराको मात लाएको हुनुपर्छ ।
कि त सत्य नै बोल्न मायालुको कसम खाएको हुनुपर्छ ।।
हिजोसम्म मलाई लडाउन खुट्टा तान्न हिड्थ्यो पछि-पछि,
आज विजयीमा पनि आएछ कसैले पठाएको हुनुपर्छ ।।
डाक्टर साहेबले थर परिवर्तन प्रस्ताव ल्याउनुको कारण,
पक्कै सपना नै ठानेर झुक्किएर बडबडाएको हुनुपर्छ ।।
आमा आज त्यो जुन पनि खुब चम्किलो देखिएको छ,
सायद उता हाम्रो दिवंगत बुबा मुस्कुराएको हुनुपर्छ ।।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर