ऊ सत्य बोल्दैछ पक्कै मदिराको मात लाएको हुनुपर्छ ।
कि त सत्य नै बोल्न मायालुको कसम खाएको हुनुपर्छ ।।
हिजोसम्म मलाई लडाउन खुट्टा तान्न हिड्थ्यो पछि-पछि,
आज विजयीमा पनि आएछ कसैले पठाएको हुनुपर्छ ।।
डाक्टर साहेबले थर परिवर्तन प्रस्ताव ल्याउनुको कारण,
पक्कै सपना नै ठानेर झुक्किएर बडबडाएको हुनुपर्छ ।।
आमा आज त्यो जुन पनि खुब चम्किलो देखिएको छ,
सायद उता हाम्रो दिवंगत बुबा मुस्कुराएको हुनुपर्छ ।।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Sanchar Bureau
Powered by: Nawa Mithila Sanchar Pvt Ltd