document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 152;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
ग्रानाडामाथि संघर्षपूर्ण जीत हासिल गर्दै शीर्ष स्थानमा रहेको रियल म्याड्रिड ला लिगाको उपाधिबाट एक जीत टाढा पुगेको छ । सोमबार भएको खेलमा रियल २–१ गोलअन्तरले विजयी बनेको हो ।
खेलमा फ्रान्सका डिफेन्डर फर्नान्ड मेन्डीले खेलको १० औँ मिनेटमा उत्कृष्ट गोल गर्दै रियललाई अग्रता दिलाए । ६ मिनेटपछि करिम बेन्जेमाले रियलको अग्रता दोब्बर बनाए । तर, दोस्रो हाफमा डार्विन माचिसले ग्रानाडाको लागि गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो ।
जीतपछि जिनेदिन जिदानको टोली चिरप्रतिद्वन्द्वी बार्सिलोनाभन्दा ४ अंकले अघि रहेको छ । बार्सिलोनाविरुद्ध हेड टु हेडको आधारमा पनि अघि रहेका कारण रियलले अन्तिम दुई खेलबाट २ अंकमात्र बटुले ला लिगाको उपाधिमाथि कब्जा जमाउनेछ ।

अब रियलले बिहीबार पाँचौ स्थानमा रहेको भिल्लेरियाल र आइतबार रेलिगेसनबाट संघर्षरत लेगानेसको सामना गर्नेछ । खेलमा पुनः एकपटक गेराथ बेल सब्टिट्युटमा सिमित बनेका थिए । सन् २०१३ मा रियल भित्रिएका बेलले यो सिजन ला लिगामा मात्र १२ खेल खेलेका छन् । गत जुन २४ यता उनले कुनै खेल खेलेका छैनन् ।









