document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 525;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी- रिलिजको संघारमा रहेको फिल्म ‘सडक टु’ को गीत ‘तुम से ही’ गीत रिलिज भएको छ । ट्रेलर सार्वजनिक भएपछि एकपटक यो गीतमाथि मानिसहरुको रोष पोखिएको छ ।
समाचार तयार पार्दासम्म यो गीतले ४८ लाख भ्यू पाइसकेको छ भने ९८ हजारले यो गीतलाई लाइक गरेका छन् । यद्यपि, भिडियोमा ३ लाख ९३ हजार डिसलाइक गरेका छन् ।
यो गीतले आदित्य रोय कपुर र आलिया भट्टको पात्रलाई नजिकबाट चिन्ने मौका प्रदान गर्छ । तर एक हदसम्म यो गीतको भिडियो निराश पारिदिने किसिमको छ किनभने यहाँ आदित्य रोय कपुरको भूमिका दोहोरिएको जस्तो देखिन्छ ।
‘तुम से ही’ मा आदित्य रोय कपुर एक तनावमा भएका गायकको रुपमा छन् जुन आशिकी टुमा अत्यधिक रक्सी पिइरहेको देखिन्थे । तर यो गीतमा उनी एक्लोपनसँग जुधिरहेको देखिएका छन् । जस्तै राहुल जयकरले ‘आशिकी टु’ मा प्रेमिका आरोहीसँग दुरी बनाए त्यसरी नै ‘सडक टु’ मा उनी प्रेमिका अरायासँग टाढा भएका छन् ।









