विशेष रिपोर्ट

रिलिज भयो ‘सडक टु’ को पहिलो गीत, पुनः डिसलाइकको वर्षा

0 Shares एजेन्सी- रिलिजको संघारमा रहेको फिल्म ‘सडक टु’ को गीत ‘तुम से ही’ गीत रिलिज भएको छ । ट्रेलर  सार्वजनिक भएपछि एकपटक यो गीतमाथि मानिसहरुको […]
[sharethis-inline-buttons]
रिलिज भयो ‘सडक टु’ को पहिलो गीत, पुनः डिसलाइकको वर्षा

एजेन्सी- रिलिजको संघारमा रहेको फिल्म ‘सडक टु’ को गीत ‘तुम से ही’ गीत रिलिज भएको छ । ट्रेलर  सार्वजनिक भएपछि एकपटक यो गीतमाथि मानिसहरुको रोष पोखिएको छ ।

समाचार तयार पार्दासम्म यो गीतले ४८ लाख भ्यू पाइसकेको छ भने ९८ हजारले यो गीतलाई लाइक गरेका छन् । यद्यपि, भिडियोमा ३ लाख ९३ हजार डिसलाइक गरेका छन् ।

यो गीतले आदित्य रोय कपुर र आलिया भट्टको पात्रलाई नजिकबाट चिन्ने मौका प्रदान गर्छ । तर एक हदसम्म यो गीतको भिडियो निराश पारिदिने किसिमको छ किनभने यहाँ आदित्य रोय कपुरको भूमिका दोहोरिएको जस्तो देखिन्छ ।

‘तुम से ही’ मा आदित्य रोय कपुर एक तनावमा  भएका गायकको रुपमा छन् जुन आशिकी टुमा अत्यधिक रक्सी पिइरहेको देखिन्थे । तर यो गीतमा उनी एक्लोपनसँग जुधिरहेको देखिएका छन् । जस्तै राहुल जयकरले ‘आशिकी टु’ मा प्रेमिका आरोहीसँग दुरी बनाए त्यसरी नै ‘सडक टु’ मा उनी प्रेमिका अरायासँग टाढा भएका छन् ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर