धनुषा— लागूऔषधविरुद्ध दोलखा प्रहरी कठोर बन्दै गएको छ । हालै प्रहरी निरीक्षकमा पदस्थापन भएर दोलखा पुगेका सत्रुधन महतो लागूऔषध प्रयोगकर्ता र बिक्री वितरण गर्नेहरुमाथि निगरानी बढाएका छन् ।

केहीदिन अघि मात्रै उनले आफ्नै कमाण्डमा लागूऔषधसहित सातजनालाई पक्राउ गरेका थिए । ती सातजनालाई सार्वजनिक गरेको साता नबित्दै दोलखा प्रहरीले मंगलवार अर्को चार युवकलाई सार्वजनिक गरेको छ ।

प्रहरी निरीक्षक महतोको कमाण्डमा खटिएको प्रहरी टोलीले दुईदिन सर्च गर्दा सफलता बटुलेको हो । दोलखाको भिमेश्वर नगरपालिकास्थित चरिकोट आसपासको क्षेत्रमा लागुऔषध बिक्री बितरण भई रहेको भन्ने सुचनको आधारमा प्रहरी निरीक्षक महतोको कमाण्डमा खटिएको प्रहरी टोलीले साउन ४ र ५ गते गरी दुईदिनसम्म खोजतलाश गरेको थियो ।

त्यसक्रममा दोलखाको भिमेश्वर नगरपालिका वडा नं. ९ स्थायी ठेगान भई हाल भिमेश्वर नगरपालिका वडा नं. ६ सिमपानी बस्ने २१ बर्षीय सुजन तामाङ, भिमेश्वर नगरपालिका वडा नं. ८ बस्ने २१ बर्षीय आशिष बस्नेत, भिमेश्वर नगरपालिका वडा नं. ७ बस्ने २२ बर्षीय साजन बुढाथोकी र दोलखाको मेलुङ गाउँपालिका वडा नं. ५ घर भई हाल दोलखाको भिमेश्वर नगरपालिका वडा नं. ६ बस्ने २१ बर्षीय सौरब थापाको घरबाट लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट TRAMADUS–50 लेखिएको १ पत्तामा १० क्याप्सुल रहेको ५४ पत्ता (५४० क्याप्सुल), Nitrazepam–Tablets Ip– 10 mg लेखिएको १ पत्तम १५ ट्याबलेट भएको ३८ पत्ता (५७० ट्याब्लेट), Tramadol लेखिएको १३ क्याप्सुल र Nitrazepam–Tablets Ip– 10 mg लेखिएको १ पत्ताम १५ ट्याबलेट बरामद भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सुचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक सत्रुधन महतोले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका चारैजनालाई दोलखा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय