धनुषा— दोलखा प्रहरीले लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ । एकसाताको अवधिमा लागुऔषधसहित सात जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका सातैजनालाई प्रहरी निरीक्षक सत्रुधन कुमार महतोको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । केहीसमय अघिमात्रै प्रहरी निरीक्षकमा पदस्थापन भएका महतोलाई एकपछि अर्को सफलता प्राप्त भएको छ । अपराधिक गतिविधिमा संलग्नप्रति जहिल्यै निर्मम भएर प्रस्तुत हुने महतोलाई ‘सिंघम’ भनेर पनि सम्बोधन गर्छन् ।

उनले आफ्नै कमाण्डमा गत असार २५ गतेमात्रै लागुऔषध खैरो हिरोईनसहित दुई जनालाई पक्राउ गरेको छ । बर्दिबासबाट चरीकोटतर्फ आउँदै गरेको बा ३ ख १७९६ नम्बरको बसमा लागूऔषध ओसारपसार भएको गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक सत्रुधन कुमार महतोको कमाण्डमा खटिएकाे टाेलीले दोलखाको भिमेश्वर नगरपालिका वडा नं. ५ किराँतीछाप स्थितमा उक्त बस रोकेर चेकजाँच गर्ने क्रममा दुई जनाको साथबाट लागु औषध ब्राउन सुगर (खैरो हिरोइन) जस्तो पदार्थ फेलापारी पक्राउ गरेकाे दोलखा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा दोलखाको बिगु गाउँपालिका वडा नं. ३ बस्ने २६ बर्षीय बिजय आचार्य र दोलखाकाे भिमेश्वर नगरपालिका वडा नं. ४ घर भएका २९ बर्षीय मधुसुजन चौलागाई रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका सुचना अधिकारी सत्रुधन कुमार महतोले जानकारी दिए । प्रहरीले आचार्यकाे साथबाट ६.०४० ग्राम र चौलागाईको साथबाट ४.६२ ग्राम लागुऔषध ब्राउन सुगर (खैरो हिरोइन) बरामद गरिएकाे हाे ।

यसैगरी गत असार १८ गते दाेलखाको भिमेश्वर नगरपालिकास्थित चरिकोट आसपासको क्षेत्रमा लागुऔषध बिक्री बितरण भई रहेको भन्ने सुचनाका आधारमा प्रहरी निरीक्षक सत्रुधन कुमार महतोको कमाण्डमा खटिएकाे टाेलीले खोजतलाश गर्ने क्रममा बादल गुरूङ र सुजन पाण्डेको घरबाट लागु औषध जस्तो (TROHAM-50) लेखिएको क्याप्सुलहरू फेला परेको हो । उनीहरू दुवैजनालाई उक्त क्याप्सुल सहित नियन्त्रणमा लिई साेधपुछ गर्दा लागूऔषध बिक्री वितरणमा सोनाम तामाङ र सागर तामाङ समेत संलग्नता रहेको भनि खुलेपछि सेनाम र सागरलाई समेत पक्राउ गरेकाे सुचना अधिकारी महतोले बताए।

प्रहरीले गत असार १९ गते पनि भिमेश्वरबाट लागुऔषधसहित एकजनाला पक्राउ गरेको थियो । भिमेश्वर नगरपालिका वडा नं. ३ स्थितबाट TRAMA NIL लेखिएको १० क्याप्सुलको पत्ता थान १, TRAMA NIL लेखिएको ४ क्याप्सुल र १ वटा खोलि सकेको अवस्थाको पत्ता १, TROHMA-50 लेखिएको १ क्याप्सुल र D-KOF लेखिएको २ चक्कीसहित जिल्लाको मकवानपुर लामसुरे गाउँपालिका वडा नं. ९ घर भएका २० बर्षीय कैलाश थापामगरलाई पक्राउ गरेकाे प्रहरी निरीक्षक महतोले जानकारी दिए ।

उनकाअनुसार पक्राउ परेका सबैलाई प्रचलित कानून बमोजिम जिल्ला अदालत दाेलखाबाट म्याद थप गरी अनुसन्धान भैरहेको बताए ।

लागुऔषधसहित धमाधम पक्रिएपछि जिल्लाभित्र लागुऔषध कारोबारी र प्रयोगकर्ताहरूमा खैलाबैला मचेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय