document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2320;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
मुम्बई- गायक आदित्य नारायणले प्रेमिका श्वेता अग्रवालसँग गत महिना विवाह गरेका हुन् । त्यसैले पनि उनी पछिल्लो समय अक्सर रोमान्टिक तस्बिरहरु सेयर गरिरहेका हुन्छन् ।
उनले पत्नीका साथमा सार्वजनिक गरेको रोमान्टिक तस्बिर सामाजिक संजालमा भाइरल समेत हुने गरेका छन् । श्वेतासँग विवाह भएको एक महिना पुगेको उपलक्ष्यमा आदित्यले श्वेतालाई डिनर डेटमा समेत लगेका छन् । जसको जानकारी उनले सामाजिक संजाल मार्फत गराएका हुन् ।
तस्बिरका साथ उनले लेखेका छन् ‘ह्याप्पी मन्थ एनिभर्सरी मेरी प्यारी वाइफ ।’ उनले रमाइलो रमाइलोमा विवाहको एकमहिना बितेको बताउदै बाँकीको जिन्दगी पनि यसैगरि बित्ने उल्लेख गरेका छन् । तस्बिरले इन्टरनेटमा धेरै कमेन्ट र बधाईहरु समेत पाएको छ ।
आदित्य र श्वेताको विवाह गत १ डिसेम्बरमा भएको थियो । कोरोनाको कारण विवाह समारोहमा दुबै तर्फका परिवारका सिमित सदस्यको उपस्थिति रहेको थियो । विवाहपछि भने भब्य रिसेप्सन पार्टीको आयोजना भएको थियो । जसमा भिआइपीहरुको मेला लागेको थियो । एजेन्सी









