विशेष रिपोर्ट

भारतमा ‘संविधानका रक्षक’ भनिने धर्मगुरुको निधन

657 Shares एजेन्सी- भारतको संविधानको ‘मूल संरचना सिद्धान्त’ लाई निर्धारित गर्ने ऐतिहासिक निर्णयका प्रमुख याचिकाकर्ता केशवानन्द भारतीको निधन भएको छ । उनी ७९ वर्षका थिए […]
[sharethis-inline-buttons]
भारतमा ‘संविधानका रक्षक’ भनिने धर्मगुरुको निधन

एजेन्सी- भारतको संविधानको ‘मूल संरचना सिद्धान्त’ लाई निर्धारित गर्ने ऐतिहासिक निर्णयका प्रमुख याचिकाकर्ता केशवानन्द भारतीको निधन भएको छ । उनी ७९ वर्षका थिए ।

उनले आइतबार बिहान केरलको उत्तरी जिल्ला कासरगोडमा रहेको इडनीरको आफ्नो आश्रममा अन्तिम सास फेरे ।

 केशवानंद भारतीको नाम भारतको इतिहासमा दर्ता हुनेछ । ४७ वर्ष अघि सर्वोच्च अदालतले केशवानंद भारती भर्सेस स्टेट अफ केरल मामिलामा एक ऐतिहासिक निर्णय सुनाएको थियो जसअनुसार संविधानको प्रस्तावनाको मूल ढाँचालाई परिवर्तन गर्न सकिँदैन ।

यो निर्णयका कारण उनलाई संविधानका रक्षक पनि भनिन्थ्यो ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर