काठमाडौं- पछिल्लो २४ घण्टामा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंका ३२६ सहित देशभर थप १०४१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । संक्रमितमध्ये २७ हजार १२७ जना निको भएर घर फर्किएका छन् ।
२४ घण्टामा १ हजार ५६६ निको भएर घर फर्किएका मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमित निको हुने दर ६० प्रतिशत रहेको छ ।