विशेष रिपोर्ट

पछिल्लो २४ घण्टामा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि

657 Shares काठमाडौं- पछिल्लो २४ घण्टामा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका ३२६ सहित देशभर थप १०४१ जनामा कोरोनाको संक्रमण […]
[sharethis-inline-buttons]
पछिल्लो २४ घण्टामा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं- पछिल्लो २४ घण्टामा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंका ३२६ सहित देशभर थप १०४१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । संक्रमितमध्ये २७ हजार १२७ जना निको भएर घर फर्किएका छन् ।

२४ घण्टामा १ हजार ५६६ निको भएर घर फर्किएका मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमित निको हुने दर ६० प्रतिशत रहेको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर