Government blocks 118 mobile apps which are prejudicial to sovereignty and integrity of India, Defence of India, Security of State and Public Order: Govt of India
PUBG MOBILE Nordic Map: Livik, PUBG MOBILE LITE, WeChat Work & WeChat reading are among the banned mobile apps. pic.twitter.com/VWrg3WUnO8
— ANI (@ANI) September 2, 2020
एजेन्सी- भारतले चीनमा विकसित पब्जीसहित थप ११८ एप्सलाई प्रतिबन्ध लगाएको छ ।
चीनमा विकसित पब्जीसहित ११८ मोबाइल एप्सले भारतको सम्प्रभुता, अखण्डता, देशको रक्षा र लोक व्यवस्थाविरुद्धका गतिविधि गरेको त्यहाँको इलेक्ट्रोनिक्स र इन्फर्मेशन टेक्नोलजी मन्त्रालयलयले जनाएको छ ।
मन्त्रालयका अनुसार भारत सरकारलाई यी एप्सका बारेमा विभिन्न गुनासा आइरहेका र एप्सबाट प्रयोगकर्ताका डाटा अनाधिकृत रुपमा चोरी गरेर भारतबाहिर रहेका सर्भरमा पठाइरहेकाले प्रतिबन्ध लगाइएको हो ।सीमा क्षेत्र लद्दाखमा चीनसँग तनाव सिर्जना भएलगत्तै भारतले चीनमा बनेका मोबाइल एप्सहरुमा प्रतिबन्ध लगाएको हो ।
यसअघि भारतले जुन महिनामा पनि टिकटकसहितका ५९ चिनियाँ एप्समा प्रतिबन्ध लगाएको थियो ।