विशेष रिपोर्ट

भारतमा पब्जीसहितका ११८ मोबाइल एप्स बन्द

0 Shares एजेन्सी- भारतले चीनमा विकसित पब्जीसहित थप ११८ एप्सलाई प्रतिबन्ध लगाएको छ । चीनमा विकसित पब्जीसहित ११८ मोबाइल एप्सले भारतको सम्प्रभुता, अखण्डता, देशको रक्षा […]
[sharethis-inline-buttons]
भारतमा पब्जीसहितका ११८ मोबाइल एप्स बन्द

एजेन्सी- भारतले चीनमा विकसित पब्जीसहित थप ११८ एप्सलाई प्रतिबन्ध लगाएको छ ।

चीनमा विकसित पब्जीसहित ११८ मोबाइल एप्सले भारतको सम्प्रभुता, अखण्डता, देशको रक्षा र लोक व्यवस्थाविरुद्धका गतिविधि गरेको त्यहाँको इलेक्ट्रोनिक्स र इन्फर्मेशन टेक्नोलजी मन्त्रालयलयले जनाएको छ ।

मन्त्रालयका अनुसार भारत सरकारलाई यी एप्सका बारेमा विभिन्न गुनासा आइरहेका र एप्सबाट प्रयोगकर्ताका डाटा अनाधिकृत रुपमा चोरी गरेर भारतबाहिर रहेका सर्भरमा पठाइरहेकाले प्रतिबन्ध लगाइएको हो ।सीमा क्षेत्र लद्दाखमा चीनसँग तनाव सिर्जना भएलगत्तै भारतले  चीनमा बनेका मोबाइल एप्सहरुमा प्रतिबन्ध लगाएको हो ।

यसअघि भारतले जुन महिनामा पनि टिकटकसहितका ५९ चिनियाँ एप्समा प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर