document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 821;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणबाट चार बर्षीया बालिकासहित थप सात जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार कोरोना संक्रमणबाट महोत्तरीकी चार वर्षीया बालिका, गोरखाकी ६५ र रुपन्देहीकी ६८ वर्षीया महिला तथा झापाका ८६, रौतहटका ४०, चितवनका ७८ र भक्तपुरका ७७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ ।
सांकेतिक फोटो









