विशेष रिपोर्ट

कोरोनाबाट महोत्तरीकी चार बर्षीया बालिकासहित थप सात जनाको मृत्यु

657 Shares काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणबाट चार बर्षीया बालिकासहित थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले […]
[sharethis-inline-buttons]
कोरोनाबाट महोत्तरीकी चार बर्षीया बालिकासहित थप सात जनाको मृत्यु

काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणबाट चार बर्षीया बालिकासहित थप सात जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमणबाट महोत्तरीकी चार वर्षीया बालिका, गोरखाकी ६५ र रुपन्देहीकी ६८ वर्षीया महिला तथा झापाका ८६, रौतहटका ४०,  चितवनका ७८ र भक्तपुरका ७७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ ।

सांकेतिक फोटो

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर