document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 806;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
जनकपुरधाम- धनुषामा पुनः निषेधाज्ञा थप गर्ने निर्णय गरिएको छ ।आइतबार जिल्ला प्रशासन कार्यालय धनुषाले पुनः एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार जिल्लाभर कोरोना संक्रमणको जोखिम बढ्दै गएको र समुदायस्तरमा फैलिएकोले निषेधाज्ञाको समयअवधि आइतबार सकिन लाग्दा पुनः भदौ २१ गतेसम्मका लागि थप गरिएको छ ।
स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लाभरि निषेधाज्ञाको समयअवधि थपिएको सीडीओ भट्टराईले बताए ।
निषेधाज्ञा अवधिमा व्यापारी बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म सुरक्षा सर्तकता अपनाई पसल सञ्चालन गर्न सक्नेछ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभरी प्रतिकूल असर पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु बन्द गर्ने गरि निर्णय भएको छ ।
साभारः टुडेपाटी









