विशेष रिपोर्ट

धनुषामा पुनः एक हप्ता निषेधाज्ञा थपियो

0 Shares जनकपुरधाम- धनुषामा पुनः निषेधाज्ञा थप गर्ने निर्णय गरिएको छ ।आइतबार जिल्ला प्रशासन कार्यालय धनुषाले पुनः एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । […]
[sharethis-inline-buttons]
धनुषामा पुनः एक हप्ता निषेधाज्ञा थपियो

जनकपुरधाम- धनुषामा पुनः निषेधाज्ञा थप गर्ने निर्णय गरिएको छ ।आइतबार जिल्ला प्रशासन कार्यालय धनुषाले पुनः एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार जिल्लाभर कोरोना संक्रमणको जोखिम बढ्दै गएको र समुदायस्तरमा फैलिएकोले निषेधाज्ञाको समयअवधि आइतबार सकिन लाग्दा पुनः भदौ २१ गतेसम्मका लागि थप गरिएको छ ।

स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लाभरि निषेधाज्ञाको समयअवधि थपिएको सीडीओ भट्टराईले बताए ।

निषेधाज्ञा अवधिमा व्यापारी बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म सुरक्षा सर्तकता अपनाई पसल सञ्चालन गर्न सक्नेछ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभरी प्रतिकूल असर पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु बन्द गर्ने गरि निर्णय भएको छ ।

साभारः टुडेपाटी

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर