काठमाडौं- नेपालमा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६४२ पुरुष र २४२ महिलामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

मन्त्रालयका अनुसार महोत्तरीमा २६, बझाङका २६, सुसनरीमा २४, नवलपुरमा २३, सिराहाका २२, बारामा २१, बैतडीमा  २१, झापामा २०, बाँकेमा २० जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौंमा १५५, ललितपुरका १९ र भक्तपुरका १२ जनामा संक्रमण पुष्टि भएको छ । सर्लाहीका ८३, पर्साका ७३, चितवनका ५७, धनुषाका ४९, मोरङका ३१, लमजुङका २९ जनामा संक्रमण पुष्टि भएको छ ।

धनकुटा, काभ्रे, दाङ र कैलालीका १९/१९ जना, कञ्चनपुरमा  १७, रुकुम पूर्वमा १६, नवलपरासीमा १०, सुर्खेतमा १०, धादिङमा ९, मकवानपुरमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

रौतहटमा ५, संखुवासभा, कास्की र दार्चुलाका ३/३ जना, सप्तरी र कपिलवस्तुका २/२ जना, इलाम, दोलखा, सिन्धुपाल्चोक, गुल्मी, जाजरकोट, जुम्ला, दैलेख, रुकुम पश्चिमका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ । संक्रमितमध्ये २० हजार ५५५ जना निको भएर घर फर्किएका छन् ।

२४ घण्टामा ३१३ जना निको भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय