document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 787;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं- नेपालमा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६४२ पुरुष र २४२ महिलामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।
मन्त्रालयका अनुसार महोत्तरीमा २६, बझाङका २६, सुसनरीमा २४, नवलपुरमा २३, सिराहाका २२, बारामा २१, बैतडीमा २१, झापामा २०, बाँकेमा २० जनामा कोरोना पुष्टि भएको छ ।
काठमाडौंमा १५५, ललितपुरका १९ र भक्तपुरका १२ जनामा संक्रमण पुष्टि भएको छ । सर्लाहीका ८३, पर्साका ७३, चितवनका ५७, धनुषाका ४९, मोरङका ३१, लमजुङका २९ जनामा संक्रमण पुष्टि भएको छ ।
धनकुटा, काभ्रे, दाङ र कैलालीका १९/१९ जना, कञ्चनपुरमा १७, रुकुम पूर्वमा १६, नवलपरासीमा १०, सुर्खेतमा १०, धादिङमा ९, मकवानपुरमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
रौतहटमा ५, संखुवासभा, कास्की र दार्चुलाका ३/३ जना, सप्तरी र कपिलवस्तुका २/२ जना, इलाम, दोलखा, सिन्धुपाल्चोक, गुल्मी, जाजरकोट, जुम्ला, दैलेख, रुकुम पश्चिमका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार जानकारी दिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ । संक्रमितमध्ये २० हजार ५५५ जना निको भएर घर फर्किएका छन् ।
२४ घण्टामा ३१३ जना निको भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ छ ।









