एजेन्सी- भारतको महाराष्ट्र रायगढमा एक ५ तल्ले घर भत्कँदा करिब ९० जना पुरिएका छन् ।
पुरिएकामध्ये ८ जनाको उद्धार गरिएकोमा १ जनाको मृत्यु भएको छ भने ७ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
दक्षिण मुम्बईदेखि १ सय ८० किलोमिटर दूरीको महाड सहरमा सोमबार साँझ भवन भत्किएको हो। उक्त भवनमा ४७ वटा फ्ल्याट थिए ।
गृहमन्त्री अमित शाहले घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहायता उद्धारका लागि सबै निकायलाई निर्देशन दिएका छन् ।