विशेष रिपोर्ट

भारतमा पाँचतले घर भत्कियो, करिब ९० जना पुरिए

657 Shares एजेन्सी- भारतको महाराष्ट्र रायगढमा एक ५ तल्ले घर भत्कँदा करिब ९० जना पुरिएका छन् । पुरिएकामध्ये ८ जनाको उद्धार गरिएकोमा १ जनाको मृत्यु […]
[sharethis-inline-buttons]
भारतमा पाँचतले घर भत्कियो, करिब ९० जना पुरिए

एजेन्सी- भारतको महाराष्ट्र रायगढमा एक ५ तल्ले घर भत्कँदा करिब ९० जना पुरिएका छन् ।

पुरिएकामध्ये ८ जनाको उद्धार गरिएकोमा १ जनाको मृत्यु भएको छ भने ७ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दक्षिण मुम्बईदेखि १ सय ८० किलोमिटर दूरीको महाड सहरमा सोमबार साँझ भवन भत्किएको हो। उक्त भवनमा ४७ वटा फ्ल्याट थिए ।

गृहमन्त्री अमित शाहले घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहायता उद्धारका लागि सबै निकायलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर