ढल्केवर— धनुषामा एक महिला बलात्कृत भएको छ । मिथिला नगरपालिका–३ की ४३ बर्षीया महिला बलात्कृत भएको प्रहरीले जनाएको छ ।
ती महिलालाई बलात्कार गरेको आरोप लागेका त्यही ठाउँका ४८ बर्षीय शिव कुमार महतो फरार रहेका छन् ।
पीडित महिलाले दिएको किटानी जाहेरीको आधारमा आरोपित महतोलाई खोजतलास गरिरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु कुमार साहले सञ्चार ब्यूरोलाई जानकारी दिए ।
उनका अनुसार पीडित महिलाको स्वास्थ्य परीक्षण समेत गरिएको छ ।








