ढल्केवर— धनुषामा एक महिला बलात्कृत भएको छ । मिथिला नगरपालिका–३ की ४३ बर्षीया महिला बलात्कृत भएको प्रहरीले जनाएको छ ।

ती महिलालाई बलात्कार गरेको आरोप लागेका त्यही ठाउँका ४८ बर्षीय शिव कुमार महतो फरार रहेका छन् ।

पीडित महिलाले दिएको किटानी जाहेरीको आधारमा आरोपित महतोलाई खोजतलास गरिरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु कुमार साहले सञ्चार ब्यूरोलाई जानकारी दिए ।

उनका अनुसार पीडित महिलाको स्वास्थ्य परीक्षण समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय