विशेष रिपोर्ट

धनुषामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु

657 Shares जनकपुरधाम- धनुषामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । धनौजी गाउँपालिका–३, कटैयाका ६५ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार प्रादेशिक अस्पताल जनकपुरमा […]
[sharethis-inline-buttons]
धनुषामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु

जनकपुरधाम- धनुषामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

धनौजी गाउँपालिका–३, कटैयाका ६५ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

उनका अनुसार ती पुरुष बिरामी परेर गत साउन २६ गते अस्पताल भर्ना भएका थिए । उनको सोही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो  । साउन ३१ गते रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जटिल किसिमको निमोनियाबाट ग्रसित ती पुरुषलाई ३१ साउनकै राति सास फेर्न समस्या भएपछि आईसीयूमा भर्ना गरिएको थियो । योसँगै धनुषामा कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर