document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 561;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
जनकपुरधाम- धनुषामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
धनौजी गाउँपालिका–३, कटैयाका ६५ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।
उनका अनुसार ती पुरुष बिरामी परेर गत साउन २६ गते अस्पताल भर्ना भएका थिए । उनको सोही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । साउन ३१ गते रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।
जटिल किसिमको निमोनियाबाट ग्रसित ती पुरुषलाई ३१ साउनकै राति सास फेर्न समस्या भएपछि आईसीयूमा भर्ना गरिएको थियो । योसँगै धनुषामा कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।









