विशेष रिपोर्ट

ढल्केवर महोत्सवमा आज प्रमोद खरेल आउँदै, कमेडीयन खैरादेको पनि प्रस्तुती रहने

657 Shares ढल्केवर— धनुषाको ढल्केवरमा जारी महोत्सवमा आज (सोमवार) सुगम संगीतका लोकप्रिय गायक प्रमोद खरेल आउने भएका छन् । स्थानीय थुप्तेन युवा क्लव धनुषाको आयोजनामा […]
[sharethis-inline-buttons]
ढल्केवर महोत्सवमा आज प्रमोद खरेल आउँदै, कमेडीयन खैरादेको पनि प्रस्तुती रहने

ढल्केवर— धनुषाको ढल्केवरमा जारी महोत्सवमा आज (सोमवार) सुगम संगीतका लोकप्रिय गायक प्रमोद खरेल आउने भएका छन् ।

स्थानीय थुप्तेन युवा क्लव धनुषाको आयोजनामा जारी दोश्रो ढल्केवर औधोगिक व्यापार मेलामा चर्चित एवं लोकप्रिय गायक खरेल ढल्केवर आउन लागेको हो ।

दर्शक नचाउन र हसाउन द भ्वाइस अफ नेपालका (जज)निर्णायक समेत रहेका खरेलसँगै हास्यकालाकार राजन चौलागाइ खैरादे सोमवार ढल्केवर आउन लागेको आयोजक थुप्तेन युवा क्लवका अध्यक्ष धावा लामाले जानकारी दिए ।

पुस ४ गतेसम्म चल्ने औधोगिक व्यापार मेलामा कृषि, पर्यटन, उद्योग, व्यापार एवं सूचना प्रविधिको बृहत प्रदर्शनी हुने आयोजक क्लवका अध्यक्ष लामाले जनाए । धार्मिक, पर्यटकीयस्थलको चिनारी, कला, संस्कृती, घरेलु हस्तकला तथा लघु उद्यमका उत्पादनको पनि सो मेलामा प्रदर्शनी गरिने उनले बताए ।

ुशान्ति समृद्ध उद्योग र व्यापार राष्ट्र निर्माणको बलियो आधारु भन्ने मूल नाराकासाथ दोश्रो ढल्केवर औधोगिक व्यापार मेला गएको शुक्रवारदेखि सुरु भएको हो ।

उनका अनुसार मेलामा उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध हुने व्यापारिक स्टलहरु पनि रहेको बताइएको छ । मेलामहोत्सवमा हरेक दिन राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुबाट मनोरञ्जन गराउने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर