document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 5238;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
ढल्केवर— धनुषाको ढल्केवरमा जारी महोत्सवमा आज (सोमवार) सुगम संगीतका लोकप्रिय गायक प्रमोद खरेल आउने भएका छन् ।
स्थानीय थुप्तेन युवा क्लव धनुषाको आयोजनामा जारी दोश्रो ढल्केवर औधोगिक व्यापार मेलामा चर्चित एवं लोकप्रिय गायक खरेल ढल्केवर आउन लागेको हो ।
दर्शक नचाउन र हसाउन द भ्वाइस अफ नेपालका (जज)निर्णायक समेत रहेका खरेलसँगै हास्यकालाकार राजन चौलागाइ खैरादे सोमवार ढल्केवर आउन लागेको आयोजक थुप्तेन युवा क्लवका अध्यक्ष धावा लामाले जानकारी दिए ।

पुस ४ गतेसम्म चल्ने औधोगिक व्यापार मेलामा कृषि, पर्यटन, उद्योग, व्यापार एवं सूचना प्रविधिको बृहत प्रदर्शनी हुने आयोजक क्लवका अध्यक्ष लामाले जनाए । धार्मिक, पर्यटकीयस्थलको चिनारी, कला, संस्कृती, घरेलु हस्तकला तथा लघु उद्यमका उत्पादनको पनि सो मेलामा प्रदर्शनी गरिने उनले बताए ।
ुशान्ति समृद्ध उद्योग र व्यापार राष्ट्र निर्माणको बलियो आधारु भन्ने मूल नाराकासाथ दोश्रो ढल्केवर औधोगिक व्यापार मेला गएको शुक्रवारदेखि सुरु भएको हो ।
उनका अनुसार मेलामा उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध हुने व्यापारिक स्टलहरु पनि रहेको बताइएको छ । मेलामहोत्सवमा हरेक दिन राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुबाट मनोरञ्जन गराउने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।









