काठमाडौं- नेपाल प्रहरीका दुई जना डिआइजीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

महाराजगञ्जस्थित प्रहरी अस्पतालमा गरिएको परीक्षणमा प्राविधिकतर्फका दुई डिआइजीमा संक्रमण भेटिएको हो ।

बिहीबार गरिएको अस्पतालका कर्मचारीहरूको कोरोना परीक्षणको  शनिबार बिहान आएको रिपोर्टमा दुई जनामा संक्रमण पुष्टि भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए । संक्रमितहरुको आइसोलेसनमा राखेर उपचार भइरहेको उनले बताए ।

आइतबारसम्म प्रहरी हेडक्वार्टरका एक सय ५५ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय