ढल्केवर- जुवा खालबाट प्रहरीले दुई जुवाडेलाई पक्राउ गरेको छ ।

गएराति धनुषाको मिथिला नगरपालिका–११ बाहुनमाराबाट नगदसहित दुई जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर नगरपालिका–६ बस्ने ६० बर्षीय लक्ष्मी राउत र सोही ठाउँमा घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने ५१ बर्षीय फेकन चौधरी रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए ।

मिथिला नगरपालिका–११ बाहुनमारास्थित मानबहादुर थापाको गोठ घरमा जुवा खेलाईरहेको क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सुवेदीले जनाए । उनका अनुसार जुवाखालबाट अन्य १०–१२ जना फरार भएका छन् ।

जुवाखालबाट १ लाख ६६ हजार ३ सय ५ रुपैया नगद समेत बरामद भएको प्रहरी निरीक्षक सुवेदीले बताए ।

पक्राउ परेकाहरुमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको र जुवाखालमा संलग्न फरार व्यक्तिहरुको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय