विशेष रिपोर्ट

जुवा खालबाट दुई जुवाडे नगदसहित पक्राउ

0 Shares ढल्केवर- जुवा खालबाट प्रहरीले दुई जुवाडेलाई पक्राउ गरेको छ । गएराति धनुषाको मिथिला नगरपालिका–११ बाहुनमाराबाट नगदसहित दुई जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ […]
[sharethis-inline-buttons]
जुवा खालबाट दुई जुवाडे नगदसहित पक्राउ

ढल्केवर- जुवा खालबाट प्रहरीले दुई जुवाडेलाई पक्राउ गरेको छ ।

गएराति धनुषाको मिथिला नगरपालिका–११ बाहुनमाराबाट नगदसहित दुई जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर नगरपालिका–६ बस्ने ६० बर्षीय लक्ष्मी राउत र सोही ठाउँमा घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने ५१ बर्षीय फेकन चौधरी रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए ।

मिथिला नगरपालिका–११ बाहुनमारास्थित मानबहादुर थापाको गोठ घरमा जुवा खेलाईरहेको क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सुवेदीले जनाए । उनका अनुसार जुवाखालबाट अन्य १०–१२ जना फरार भएका छन् ।

जुवाखालबाट १ लाख ६६ हजार ३ सय ५ रुपैया नगद समेत बरामद भएको प्रहरी निरीक्षक सुवेदीले बताए ।

पक्राउ परेकाहरुमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको र जुवाखालमा संलग्न फरार व्यक्तिहरुको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर