विशेष रिपोर्ट

थप ४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

657 Shares काठमाडौं-  नेपालमा पछिल्लो २४ घण्टामा थप  ४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार देशको विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ४७ […]
[sharethis-inline-buttons]
थप ४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं-  नेपालमा पछिल्लो २४ घण्टामा थप  ४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शनिबार देशको विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ४७ पीसीआर परीक्षणमा ४६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार हाल नेपालमा ८ हजार १९३ सक्रिय संक्रमितको संख्या रहेको छ । नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेकाे छ ।

प्रवक्ता गौतमका अनुसार शनिबारमात्रै कोरोनालाई जितेर १२४ जना घर फर्किएका छन् ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर