document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 485;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शनिबार देशको विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ४७ पीसीआर परीक्षणमा ४६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार हाल नेपालमा ८ हजार १९३ सक्रिय संक्रमितको संख्या रहेको छ । नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेकाे छ ।
प्रवक्ता गौतमका अनुसार शनिबारमात्रै कोरोनालाई जितेर १२४ जना घर फर्किएका छन् ।









