वीरगञ्ज- पर्सा र बारामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा ७ महिला र १६ पुरूष गरी २३ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार बाराका तीन र वीरगन्जका २० जना कोरोना संक्रमित थपिएका हुन् । जसमा ११ वर्षीय बालकदेखि  बालकदेखि ६५ वर्षको वृद्ध  छन ।

यो सँगै पर्सामा संक्रमित हुनेको संख्या एक हजार एक सय ८९ पुगेको छ ।  त्यसमध्ये दुई सय ७३ जना संक्रमित निको भएका छन् । हालसम्म २१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय