document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 483;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
वीरगञ्ज- पर्सा र बारामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा ७ महिला र १६ पुरूष गरी २३ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार बाराका तीन र वीरगन्जका २० जना कोरोना संक्रमित थपिएका हुन् । जसमा ११ वर्षीय बालकदेखि बालकदेखि ६५ वर्षको वृद्ध छन ।
यो सँगै पर्सामा संक्रमित हुनेको संख्या एक हजार एक सय ८९ पुगेको छ । त्यसमध्ये दुई सय ७३ जना संक्रमित निको भएका छन् । हालसम्म २१ जनाको मृत्यु भएको छ ।









