विशेष रिपोर्ट

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

657 Shares वीरगञ्ज- पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट वीरगञ्ज महानगरपालिकाका ६० वर्षीय पुरुषको मृत्यु भएको हो । साउन […]
[sharethis-inline-buttons]
वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

वीरगञ्ज- पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट वीरगञ्ज महानगरपालिकाका ६० वर्षीय पुरुषको मृत्यु भएको हो । साउन ३० गते शुक्रबार बेलुकी ७ बजे उनको मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पतालले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि गत साउन २४ गते उनी वीरगञ्ज महानगरपालिकाद्वारा सञ्चालित गण्डक कोभिड अस्पतालमा भर्ना भएका थिए । उनी पहिलेदेखि नै उच्चरक्तचाप, मधुमेह तथा प्यारालायसिसबाट पीडित थिए ।

गण्डक कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंहका अनुसार शुक्रबार बेलुकी एक्कासी स्वास्थ्यमा थप समस्या आएपछि उपचारको क्रमा उनको निधन भएको हो ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर