विशेष रिपोर्ट

रहेनन् बटेश्वरका बौएलाल प्रधान

स्थानीयस्तरमा लामो समयसम्म नेतृत्वदायी भूमिकामा रहेका महतो पञ्चायतकालमा लगातार तीनपटक प्रधान बनेका थिए ।
[sharethis-inline-buttons]
रहेनन् बटेश्वरका बौएलाल प्रधान
657
Shares

धनुषा- पञ्चायतकालमा लगातार तीनपटक प्रधान बनेका बटेश्वर गाउँपालिका–१ निवासी बौएलाल महतोको निधन भएको छ । महतोको शुक्रबार ८५ वर्षको उमेरमा निधन भएको हो ।

स्थानीयस्तरमा लामो समयसम्म नेतृत्वदायी भूमिकामा रहेका महतो पञ्चायतकालमा लगातार तीनपटक प्रधान बनेका थिए । स्थानीय सामाजिक तथा सार्वजनिक गतिविधिमा समेत सक्रिय रहेका उनको निधनले गाउँमा शोक छाएको छ ।

महतोको निधनप्रति स्थानीयवासी तथा शुभेच्छुकहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर