document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2529;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
ढल्केवर- धनुषाको मिथिला नगरपालिकामा पहिलो पटक महोत्सव लाग्ने भएको छ । मिथिला नगरपालिकामा प्रथम ढल्केवर मिथिला महोत्सव २०७७/०७८ लाग्ने भएको हो ।
मिथिला नगरपालिकाको आयोजनामा यहि चैत २९ देखि महोत्सव लाग्ने मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले जानकारी दिए ।
धनुषा मिथिला नगरिको औधोगिक व्यापार, परम्परागत कला संस्कृति तथा कृषि पर्यटन प्रबद्र्धनको निमित्त चैत २९ गते सुरु हुने महोत्सव २०७८ बैशाख १२ गतेसम्म चल्ने उनले बताए ।
महोत्सव ढल्केवरस्थित कृषि बजारको पश्चिमपट्टिको चौरमा लाग्ने बताइएको छ । महोत्सवका लागि स्टल बुकिङ्ग खुल्ला गरिएको आयोजकले जनाएको छ ।










