विशेष रिपोर्ट

धनुषाको ढल्केवरमा चैत २९ बाट पहिलो पटक महोत्सव लाग्दै

0 Shares ढल्केवर- धनुषाको मिथिला नगरपालिकामा पहिलो पटक महोत्सव लाग्ने भएको छ । मिथिला नगरपालिकामा प्रथम ढल्केवर मिथिला महोत्सव २०७७/०७८ लाग्ने भएको हो । मिथिला नगरपालिकाको […]
[sharethis-inline-buttons]
धनुषाको ढल्केवरमा चैत २९ बाट पहिलो पटक महोत्सव लाग्दै

ढल्केवर- धनुषाको मिथिला नगरपालिकामा पहिलो पटक महोत्सव लाग्ने भएको छ । मिथिला नगरपालिकामा प्रथम ढल्केवर मिथिला महोत्सव २०७७/०७८ लाग्ने भएको हो ।

मिथिला नगरपालिकाको आयोजनामा यहि चैत २९ देखि महोत्सव लाग्ने मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले जानकारी दिए ।

धनुषा मिथिला नगरिको औधोगिक व्यापार, परम्परागत कला संस्कृति तथा कृषि पर्यटन प्रबद्र्धनको निमित्त चैत २९ गते सुरु हुने महोत्सव २०७८ बैशाख १२ गतेसम्म चल्ने उनले बताए ।

महोत्सव ढल्केवरस्थित कृषि बजारको पश्चिमपट्टिको चौरमा लाग्ने बताइएको छ । महोत्सवका लागि स्टल बुकिङ्ग खुल्ला गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर