document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2269;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधिसभा विघटनको विरुद्धमा विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
मंगलबार बसेको सो पार्टीको केन्द्रीय कार्यकारीणी समिति बैठकले तीन दिने संघर्षका कार्यक्रम घोषणा गरेको हो ।
बैठकपछि जारी विज्ञप्तिमा पुस १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौँमा केन्द्रीकृत जनप्रदर्शन गर्ने निर्णय गरेको उल्लेख छ । त्यस्तै बैठकले संसद अधिवेशन आव्हान गर्न सभामुख अग्नि सापकोटालाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।










