विशेष रिपोर्ट

जसपाले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गर्ने

657 Shares काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधिसभा विघटनको विरुद्धमा विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेको छ । मंगलबार बसेको सो पार्टीको केन्द्रीय कार्यकारीणी समिति […]
[sharethis-inline-buttons]
जसपाले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गर्ने

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधिसभा विघटनको विरुद्धमा विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

मंगलबार बसेको सो पार्टीको केन्द्रीय कार्यकारीणी समिति बैठकले तीन दिने संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

बैठकपछि जारी विज्ञप्तिमा पुस १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौँमा केन्द्रीकृत जनप्रदर्शन गर्ने निर्णय गरेको उल्लेख छ । त्यस्तै बैठकले  संसद अधिवेशन आव्हान गर्न सभामुख अग्नि सापकोटालाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर