document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2053;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
विरगञ्ज- नेपालका पर्सा जिल्ला नेता मुकेश चौरसियाको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विन्दवासिनी गाउँपालिका–३, इटियाहीका ३८ वर्षीय अखिलेश प्रसाद चौरसिया भन्ने अशेसर प्रसाद चौरसिया रहेको पर्सा प्रहरीले जनाएको छ ।
उनलाई वीरगञ्ज–२५, अली सिर्सियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । गएको कात्तिक ६ गते नेकपा पर्साको विन्दवासिनी गाउँपालिका कमिटीद्वारा आयोजना गरिएको सपथ ग्रहण क्रममा नेकपा दुई समुहबीच झडप हुँदा बाँसको भाटा प्रहारले गाउँपालिका कमिटिका सचिव समेत रहेका चौरसिया गम्भीर घाइते भएका थिए । उनको भोलि पल्टै कातिक ७ गते उपचारको क्रममा मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साले एकहप्तासम्म किटानी जाहेरी दर्ता नगरेपछि सरकारी वकिलको कार्यालय मार्फत मुद्दा दर्ता भएको थियो । संलग्न दोषीहरुमाथि जाहेरी दर्ता गराउन नेकपाका केन्द्रिय नेताको उपस्थितिमा एकसातासम्म आन्दोलन भएको थियो ।









