विरगञ्ज- नेपालका पर्सा जिल्ला नेता मुकेश चौरसियाको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विन्दवासिनी गाउँपालिका–३, इटियाहीका ३८ वर्षीय अखिलेश प्रसाद चौरसिया भन्ने अशेसर प्रसाद चौरसिया रहेको पर्सा प्रहरीले जनाएको छ ।

उनलाई वीरगञ्ज–२५, अली सिर्सियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । गएको कात्तिक ६ गते नेकपा पर्साको विन्दवासिनी गाउँपालिका कमिटीद्वारा आयोजना गरिएको सपथ ग्रहण क्रममा नेकपा दुई समुहबीच झडप हुँदा बाँसको भाटा प्रहारले गाउँपालिका कमिटिका सचिव समेत रहेका चौरसिया गम्भीर घाइते भएका थिए । उनको भोलि पल्टै कातिक ७ गते उपचारको क्रममा मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साले एकहप्तासम्म किटानी जाहेरी दर्ता नगरेपछि सरकारी वकिलको कार्यालय मार्फत मुद्दा दर्ता भएको थियो । संलग्न दोषीहरुमाथि जाहेरी दर्ता गराउन नेकपाका केन्द्रिय नेताको उपस्थितिमा एकसातासम्म आन्दोलन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय