document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1695;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
सप्तरी- पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको बरमझियामा बुधवार बिहान कारको ठक्करबाट १ वृद्धको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको कंचनरुप नगरपालिका–२ बरमझिया निवासी ७५ वर्षीय तीलक सुरेत रहेका इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरिक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
पूर्वबाट पश्चिम जाँदै गरेको बा१८च ७७३४ नम्बरको कारले बाटो काट्ने क्रममा तीलकलाई ठक्कर दिएको थियो । सो ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिएर भाग्न खाजेका कारलाई प्रहरी चौकी मोहलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस









