विशेष रिपोर्ट

सप्तरीमा कारले ठक्कर दिँदा घटनास्थलमै वृद्धको मृत्यु

657 Shares सप्तरी- पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको बरमझियामा बुधवार बिहान कारको ठक्करबाट १ वृद्धको  घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको कंचनरुप नगरपालिका–२ बरमझिया […]
[sharethis-inline-buttons]
सप्तरीमा कारले ठक्कर दिँदा घटनास्थलमै वृद्धको मृत्यु

सप्तरी- पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको बरमझियामा बुधवार बिहान कारको ठक्करबाट १ वृद्धको  घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको कंचनरुप नगरपालिका–२ बरमझिया निवासी ७५ वर्षीय तीलक सुरेत रहेका इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव  उपरिक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

पूर्वबाट पश्चिम जाँदै गरेको बा१८च ७७३४ नम्बरको कारले बाटो काट्ने क्रममा तीलकलाई ठक्कर दिएको  थियो । सो ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिएर भाग्न खाजेका कारलाई प्रहरी चौकी मोहलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर